झापा ,जेठ १९ । झापामा सोमबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी गाउँपालिका — ४ बस्ने ३२ वर्षीय र ३ का ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । संक्रमितहरु भारतको महाराष्ट्रबाट आएका हुन् । उनीहरूमध्ये ३२ वर्षीय पुरुष जेठ ७ गते र ४६ वर्षीय पुरुष जेठ १३ गते आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिए ।
उनका अनुसार पशुपति माविको क्वारेन्टाइनमा बसेका १२ जनाको स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ र बाँकीको नेगेटिभ आएको हो । यसअघि पनि बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भइसकेको छ । झापाको कचनकवलमा एक सय जना, गौरीगञ्जमा चार जना, गौरदाहमा दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक—एक जना संक्रमित भेटिएका थिए । योसँगै झापामा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्