काँकरभिट्टा जेठ १९ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्र्रेतीले खोप लगाउनका लागि अभिभावकहरुले आफ्ना बालबालिकालाई खोपकेन्द्रसमम पुर्याउनु पर्ने बताएका छन् ।

मेचीनगर क्षेत्रका बालबालिका अझै खोपको पहुँचदेखि बाहिर रहेकाले ती बालबालिकाहरुलाई खोपकेन्द्रसम्म पुर्याउनका लागि पनि आग्रह गरेका हुन् ।
सोमबार नगरपालिकाको सभाकक्षमा छुट बच्चा खोजीसम्बन्धि भएको खोप कार्यकर्ताहरुसँगको नगरपालिकास्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दैं उनीहरुले यस्तो बताएका हुन् ।
शाखाका सहसंयोजक रामनारायण यादवले बालबालिकाहरुमा खोेपको महत्वका बारेमा प्रकाश पादैं अझै पनि मेचीनगरभित्रका १ हजार ५२ जना बालबालिकाले पूर्ण खोप नलिएको जानकारी गराए । स्वास्थ्य मन्त्रालयले १ वर्षमुनिका २ हजार ७ सय ६४ जना बालबालिकालाई खोप लगाउन स्वास्थ्य शाखालाई लक्ष्य दिएको भएपनि १ हजार १२ जना बालबालिकाले मात्र पूर्ण खोप लिएको सह संयोजक यादवले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्