बिर्तामोड, जेठ १९ । महाभारतकालीन इतिहास बोकेको बिर्तामोड १० स्थित मधु पोखरीलाई पर्यटकको गन्तव्यस्थल बनाउन तीव्र गतिमा काम थालिएको छ ।

पौराणिक महत्व बोकेर पनि पर्यटकीय आकर्षण बन्न नसकेको विराट राजाको शासनकालमा निर्माण भएको सो पोखरी पूर्वाधारलगायतका कारणले पर्यटकको गन्तव्यस्थल बन्न नसकेपछि स्तरोन्नतिको काम तीव्र पारिएको हो । प्रदेश सांसद ओमप्रकाश सरावगीले त्यसको स्थलगत अनुगमन गरेका छन् ।
प्रदेश नम्बर १ अन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्राप्त २० लाख रूपैयाँमा पहिलो चरणमा पोखरी सफा गर्ने र घेरावाराको काम भइरहेको छ ।
पर्यटकीय क्षेत्र विकासका लागि पोखरी सरसफाई र घेरावाराको काम भइरहेको निर्माण समितिका अध्यक्ष छविराम आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार पोखरीभित्र जमेको हिलो तथा झार हटाउने र १४० मिटर घेरावारा गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्