अर्जुनधारा , जेठ २० । अर्जुनधारा नगरपालिका ११ का टोल सुरक्षा समितिका २५ सदस्यलाई खाद्यान्न वितरण गरिएको छ ।

सामाजिक अभियान कार्यक्रमअन्तर्गत सामाजिक अभियन्ता गणेश ढुंगानामार्फत संकलित खाद्यान्न प्रतिब्यक्ति २५ केजी चामल,एक केजी दाल,एक लिटर खानेतेल,एक केजी नुन प्रदान गरिएको हो । नगर, वडा र टोलमा कोराना सम्भावित नौलो ब्यक्ति , लागुऔषध प्रयोगकर्ता र झैझगडा गर्ने समुहहरुबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न खटिने सुरक्षा समितिका सदस्यहरुलाई रोजगारी बन्द भएको अवस्थामा हौसला तथा उपहारस्वरुप खाद्यान्न प्रदान गरिएको अभियन्ता ढुंगानाले बताए ।
दाताहरु बिर्तामोड ४ निवासी ब्यवसायी विरेन्द्र उदास, गजेन्द्र शान्ता जबेगु,तिलक बिश्वकर्मा,अर्जुनधारा नगरपालिका ११ निवासी गोपाल प्रसाईँ,हरिबहादुर खड्का र सुनिता धिमाललाई निर्माण ब्यवसायी शेरबहादुर थापा, जनप्रतिनिधि मोहनकुमार योगी,सुर्यप्रसाद गिरी,चन्द्र सुवेदी,शिक्षासेवी हस्त परियार, प्रमुख अतिथि भैरबबहादुर खड्का र अभियानका संयोजक जगतबहादुर मगरले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्