झापा, जेठ २० । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रपतिको कार्यालयले सो जानकारी दिएको हो ।यद्यपि प्रधानमन्त्री नेतन्याहूको कार्यालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उनी संक्रमित कर्मचारीको संपर्कमा भए—नभएको उल्लेख गरिएको छैन । नेतन्याहू ७० वर्षका छन् । यसअघि पनि दुईपटक नेतन्याहूले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । मार्चमा उनका एक सल्लाहकारमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै अप्रिलमा तत्कालीन स्वास्थ्य मन्त्रीलाई कोरोनाको टेष्ट गरिएको थियो । तर, उनको रिपोर्ट नेगेटिभ आयो । इजरायलमा अहिलेसम्म कोरोना संक्रमणको १७१०० केश पुष्टि भएको छ भने २८५ जनको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्