झापा, जेठ २७ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

चितवनको भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका ११ का एक पुरुषको आज कोरोनाकै कारण मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी सुगर, प्रेसर र निमोनियाबाट ग्रस्त थिए । सोमबार साँझ मात्र उनको पीसीआर रिपोर्टको नतिजा पोजिटिभ आएको थियो। नेपालमा यसअघि १४ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने चार हजार ८५ पुगेको छ । आज मात्र ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या ५ सय ८४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्