शिवसताक्षी , असार ८ । झापाको शिवसताक्षीमा रहेको एक सहकारी संस्थाले वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

शिवसताक्षी ८ स्थित चौतारी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो ९औं वार्षिकोत्सवको अवसर पारेर वृक्षरोपण तथा सरसफाई कार्यक्रम गरेको हो ।
सहकारीले वार्षिकोत्सवका अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले शिवसताक्षीको सताक्षीधाम परिसरमा रुद्राक्ष, विविध प्रकारका फूलका विरुवा रोपेको हो । संस्थाले यसअघि रक्तदान लगायतका अन्य कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाउने गरेता पनि अब भने नियमित रुपमा वृक्षरोपण लगायतका वातावरणीय कार्यक्रमहरु आयोजना गर्ने संस्थाका पूर्वअध्यक्ष पवन चाम्लिङ राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्