झापा, असार १० । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । त्यसमध्ये झापाका ११ जना रहेका छन् । झापाको मेचीनगरमा १० र शिवसताक्षीमा एकजनामा आज संक्रमण पुष्टि भएको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ । कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् । आज मात्र ११४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्