झापा, असार १५ । शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ ।

सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् । शनिबार बेलुकी पाल्पा छिरेको सलह कीरा जिल्लाको विभिन्न स्थानमा देखिएको छ । आइतबार जिल्लाको तिनाउ गाउँपालिकाका विभिन्न स्थानका जङ्गलमा बसेको र रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ को जङ्गल क्षेत्रमा उडेको अवस्थामा देखिएको छ ।त्यस्तै रुपन्देही हुँदै पाल्पासम्म सलह कीरा आएपछि गुल्मीका किसानहरूमा त्रास छाएको छ । आइतबार गुल्मीको आकासमा एकैसाथ धेरै कीरा देखिएपछि स्थानीयवासी आतङ्कित बनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्