दार्जिलिङ, असार १५ । गोर्खा नेशनल लिबरेशन फ्रन्टले गोर्खा जनमुक्ति मोर्चाका नेताहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्न माग गरेको छ ।

कोलकाताको बैठकमा भाग लिएर फर्केका गोर्खा जनमुक्ति मोर्चाका नेताहरु अनित थापा र विनय तामाङलाई सरकारको नियमअनुसार १४ दिन क्वारेन्टाइनमा राख्न फ्रन्टले माग गरेको हो । ती दुवै नेताहरु चार दिनअघि कोलकातामा सर्वदलीय बैठकमा सहभागी भएर फर्केका थिए । ‘ दिल्लीबाट फर्किएपछि सर्वसाधारणजस्तै सांसद राजु विष्टले पनि सरकारी नियम पालना गर्नु भएको थियो’ गोर्खा नेशनल लिबरेशन फ्रन्टका नेता अजय एड्वार्डले भने,‘ त्यसकारण उहाँहरुले पनि क्वारेन्टाइनमा बस्नु पर्छ ।’कोलकातामा कोरोना भाइरसको धेरै संक्रमण फैलिसकेको र ती दुई नेताले धेरैजनालाई भेटेको एड्वार्डले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्