झापा, असार १५ । नेपाली एफएम च्यानलहरुले भारत विरोधी गीत बजाउने गरेको भारतीयहरुले आरोप लगाएका छन् ।

सिमावर्ती क्षेत्रमा रहेका भारतीयहरुले त्यस्तो आरोप लगाएका हुन् । सीतामढ़ीका शम्भुकुमारले नेपालीहरुमा भारतप्रति घृणा फैलाउने षडयन्त्र भएको बताए । ‘आफूले नेपालमा रहेका आफन्तसँग फोनमा कुरा गर्दा उनीहरुले भारतले नेपालको भूभाग कब्जा गरेपछि नेपालीहरु आक्रोशित भएको बताउने गरेका छन् ’ शम्भुकुमारले भने
भारत–नेपालबीच बढ्दोे तनावले सीमाको दुवैतर्फ सम्बन्ध रहेका मानिसहरुलाई समस्यामा पारेको भारतीयहरुको भनाइ छ । सीतामढ़ीकी एक अचला नामकी महिलाले सीमामा आफ्ना आमाबुवासँग भेट्न जाँदा फायरिङ्ग भएको उनीहरुको दावी छ ।त्यस घटनामा एकजनाको मृत्यु भएको थियो भने अन्य दुई घाइते भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्