एजेन्सी ।पाकिस्तानको पन्जाब प्रान्तका शिक्षण अस्पतालमा कार्यरत ४८ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् ।

कोरोना भाइरसबाट बच्नका लागि सुरक्षा व्यवस्था नभएको भन्दै हिजो ४८ जना चिकित्सकले आफ्नो पदबाट राजीनामा दिएका हुन् । जसबाट कोभिड १९ विरुद्धको देशको प्रयासमा झट्का लागेको छ । पाकिस्तानमा अहिलेसम्म २ लाख २८ हजार जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४७ सयजनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्