झापा, असार ३१ । झापाको मेचीनगर नगरपालिका–९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर सोही स्थानका ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको छ ।

खेतमा पानी लगाउने क्रममा आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । सोमबार बेलुका ५ः४५ बजेको समयमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो ।मृतक थपलियाको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि मंगलबार दाहसंस्कार गरिएको छ । एघार महिनाअघि मात्र मृतकका दाजु गंगा थपलियाको पनि करेन्ट लागेरै मृत्यु भएको थियो । स्थानीयवासी जानुका ओलीका अनुसार उनको पनि आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी खेतमा पानी लगाउने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्