बिर्तामोड, साउन १ । तायात व्यवस्था कार्यालय बिर्तामोडले कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित गर्न नसक्दा अस्तव्यस्त बन्न पुग्दा कोरोना संक्रमण जोखिम बढेको छ ।

बन्दाबन्दी खुकुलो भएपछि असार पहिलो हप्ताबाट सेवा प्रवाह गर्न थालेको सो कार्यालयले अनलाइनमार्फत राजश्व संकलन नगर्दा कार्यालयमै राजश्व तिर्नु पर्ने बाध्यताले सेवाग्राहीको भीड लाग्न थाले पनि व्यवस्थापनमा उचित प्रबन्ध नहुँदा अस्तव्यस्त अवस्थाले कोरोना संक्रमण जोखिम बढाएको हो ।
असारको अन्तिम दिन बिहान ४ वजेदेखि लाइनमा बसेका सेवाग्राहीले समेत राजश्व तिर्न पाएनन् । कार्यालयले ४ सय सेवाग्राहीलाई सेवा दिने भन्दै टोकन वितरण गरेको भए पनि टोकन लिनेभन्दा च्यानल मिलाउनेले बढी सेवा पाएको राजश्व तिर्न नपाएका सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्