झापा, साउन ८ । स्थानीय सरकार , सिमसार व्यवस्थापन समिति र ठेकेदारको लापरवाहीका कारण तीन जना बालकको ज्यान गएको भन्दै भद्रपुर २ का स्थानीयले मृतकहरुको लाश उठाउन दिएका छैनन् ।

सिमसार क्षेत्र

भद्रपुर नगरपालिका २ स्थित निर्माणाधिन कमलधाप सिमसार क्षेत्रमा डुबेर स्थानीय अनिल तामाङका १० बर्षिय छोरा अंकुश तामाङ ,सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामीको मृत्यु भएको हो ।
अंकुशको शव हिजो राति डुबिरहेको अबस्थामा फेला परेको थियो भने करण र उनका भाइ अर्जुनको शव आज फेला पारिएको हो । तालिमप्राप्त गोताखोरको सहयोगमा सिमसार क्षेत्रमा खनिएको पोखरीमा हिलोमा गाढिएको अबस्थामा ती दाजुभाइको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् । सिमसारको नाममा पोखरी खनेर लथालिङ्ग पारेर छोडेपछि डुबेर बालकहरुको ज्यान गएको स्थानीयले आरोप लगाएका छन् । त्यस घटनाको जिम्मेवारी स्थानीय सरकार , सिमसार व्यवस्थापन समिति र ठेकेदारले लिनुपर्ने उनीहरुको माग छ । ‘स्थानीय सरकार , सिमसार व्यवस्थापन समिति र ठेकेदारले घटनाको जिम्मा लिनु पर्छ ’ समर थुलुङ राईले भने । क्षतिपूर्ति र कार्बाहीको माग गर्दै सयौ स्थानीयले त्यहाँ नारावाजी गरिरहेको जनाइएको छ । हिजो दिउँसो खेल्न गएका ती तीनजना बालकहरु सिमसारभित्र डुबेका थिए । खनेर लथालिङ्ग पारेर छोडिएको सो सिमसार घेरावारा गरिएको छैन । त्यहाँ रेखदेख गर्ने पनि कोही नरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्