झापा, साउन १० । मुक्तिनाथ विकास बैंकले कर्जामा भारी छुटको योजना ल्याएको छ ।
बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे हो ।सो योजनाअन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि आकर्षक सेवासुविधा प्रदान गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ । त्यस योजनामा न्यूनतम ब्याजदर,४८ घण्टाभित्र कर्जा स्वीकृति ,नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट,एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने, कर्जा सेवा शुल्क अधिकतम् १ प्रतिशत मात्र, विना सुरक्षण शुल्कमा लकर सुविधा प्रदान गरिने प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएका छन् । यसका साथै, बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज श्रावण मसान्तसम्ममा चुक्ता गरेमा श्रावण महिनाको कर्जाको ब्याजदरमा २ प्रतिशतसम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ । बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत,निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।