विराटनगर,साउन ११ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएकामध्ये २ जना महिला प्रहरी र १७ जना पुरूष प्रहरी रहेको सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले एक जना महिलासहित केही प्रहरीमा कोरोना लागेको पुष्टि भएको जानकारी आएको बताऐ । यसअघि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थियो । हालसम्म प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब संलकन गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । अहिले संक्रमण देखिएको अधिकांश प्रहरी जवान हुन् । दुईं दिन अगाडि पूर्वी नाका काँकरभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्