बिर्तामोड ,साउन ११ । संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले तलब नपाएको झोकमा विद्यालयका संचालकहरुमाथि झुठा आरोप लगाउने गरेको पाइएको छ ।

बिर्तामोडस्थित लिवर्टी अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल पुरन विष्टमाथि झुठा र कपोकल्पित आरोप लगाएको घटनाबाट सो तथ्य प्रमाणित भएको हो । प्रिन्सिपल विष्टले शिक्षक कर्मचारीलाई लकडाउनमा निश्कासन गरेको आरोप लगाएको संस्थागत विद्यालय शिक्षक युनियनले उनीमाथि यौन दुव्र्यवहार प्रयासको समेत आरोप लगाएको थियो । जुन झुठो भएको भन्दै युनियन आफैले भुलसुधार गरी क्षमायाचना गरेको छ । युनियनले त्यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको भनाईलाई उद्धृत गरी विभिन्न संचारमाध्यममा समाचार प्रकाशित गर्न लगाएको थियो । जुन समाचार प्रतिदिनडेली डट कमले पनि प्रकाशित गरेको थियो । गलत स्रोत उद्धृत गरी प्रकाशित समाचारले विष्टमाथि पर्न गएको असरप्रति प्रतिदिनडेली डट कमले क्षमायाचना गर्दै भुलसुधार गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्