झापा ,साउन २१ । झापाको मेचीनगरमा श्रीमतीले खुकुरी प्रहार गरी श्रीमानलाई गम्भीर घाइते बनाएकी छन् ।

सांकेतिक तस्वीर

मेचीनगर नगरपालिका –६ काँकडभिट्टास्थित लक्ष्मीटोलकी ७७ वर्षीया पूर्णमाया तामाङले ८१ वर्षीय श्रीमान जयबहादुरको टाउकोमा गएराति खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। आपसमा विबाद हुँदा आवेसमा आएर उनले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।पूर्व भारतीय सेना समेत रहेका जयबहादुरको टाउकोमा पूर्णमायाले तीन पटक खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । गम्भीर घाइते जयबहादुरको पूर्णटुङ्ग विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्