धरान, साउन २१ । सुनसरी जिल्ला प्रशासनले जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ ।

फाइल तस्वीर

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले दिएको जानकारी अनुसार अब जिल्लाभरिका सबै पालिकामा यो नियम लागु हुनेछ । प्रशासनले यसअघि पनि निषेधाज्ञा लागु गरेको थियो । अब प्रशासनले पासबाहेकका सवारी चलाउन पाइने छैन । यो नियम आज राति १२ बजेदेखि लागु हुनेछ । कोभिड १९ को जोखिम कम नभएको र केही पालिकाले लकडाउन गर्ने निर्णय गरेपछि यसलाई बल पुर्याउन थप सहयोग मिल्ने गरी यस्तो निर्णय गरिएको प्रजिअ पोख्रेलको भनाइ छ । नेपाल सरकारले जारी गरेको कोभिड १९ सम्बन्धी स्वास्थ्य प्रोटोकल अपनाएर औद्योगिक क्षेत्र भने खुल्ला गर्न पाइनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्