विराटनगर, साउन २२ । विराटनगर महानगरपालिका आज बिहान थप १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कोसी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ८ पुरुष र ५ महिलामा कोरोना पोजेटिज देखिएको हो । संक्रमित बढेसँगै विराटनगर महानगरपालिकामा कुल संक्रमितको संख्या १८१ पुगेको छ । नयाँ संक्रमितहरु विराटनगरको वडा नं. २ की ३३ वर्षीया महिला, ६ की ३४ वर्षीया महिला, ७ का २४ र ३५ वर्षीय पुरुष, ८ का पुरुष, १० को ५५ वर्षीय पुरुष, ११ का एक महिला र दुई पुरुष, १३ का एक पुरुष र वडा नखुलेका ३२ वर्षीया महिला रहेका छन् । हिजो विराटनगरका १० जनामा कोरोना पुष्टि भएको थियो । महानगरपालिकाका विभिन्न वडामा संक्रमण पुष्टि भएका व्यक्तिहरु आइसोलेशनमा जान पाएका छैनन् । संक्रमितहरुले संक्रमण पुष्टि भएको तीन दिन हुँदा पनि कुनै पनि सरकारी निकायबाट खोजखबर नभएको गुनासो गरेका छन् । संक्रमणपछि ज्वरो, रुघाखोकी, छाती दुख्ने, घाँटी दुख्ने समस्या भएको भन्दै उनीहरुले कुन औषधी खाने भनेर चिकित्सकसँग राय लिन समेत नपाएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्