हल्दिबारी , साउन २६ । हल्दिबारी गाउँपालिकाको सातौं गाउँसभाको दोस्रो बैठकमा पनि विवाद भएको छ ।

आज बोलाइएको गाउँसभाको दोस्रो बैठकमा विवाद भएपछि बैठक बिथोलिएको छ । बैठक प्रारम्भ भएपछि गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले माइन्यूट ल्याई सबै जनप्रतिनिधिहरुलाई हस्ताक्षर गर्न लगाउँदा उनीहरुले नमानेको र त्यसपछि कोरम नपुगेको भन्दै लिङदेन बैठक छोडेर हिडेका छन् । पहिलो बैठकजस्तै अध्यक्ष हिडेपछि उपाध्यक्ष डम्बर गिरीले आफ्नो अध्यक्षतामा बैठक प्रारम्भ गर्न लागेको एक सहभागीले बताएका छन् । विवादका बीच गाउँसभाको दोस्रो बैठक बोलाइएको थियो । गाउँपालिका अध्यक्ष लिङदेनले पहिलो बैठकमा पेस भएको बजेट, नीति तथा कार्यक्रममाथिको दफावार छलफलबाट दोस्रो बैठक प्रारम्भ गर्ने गरी कार्यसूची बनाएका थिए । तर, त्यसलाई उपाध्यक्ष डम्बर गिरीसहित नेकपा समर्थक जनप्रतिनिधिहरु मान्न तयार देखिएका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्