एजेन्सी । ब्रिस्टलको एक लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा २.५५ करोड भारतीय रुपैयाँमा लिलाम गरेको छ ।

त्यसलाई अमरीकाको एक कलेक्टरले खरिद गरेको हो । लिलामी एजेन्सी ईस्ट ब्रिस्टल अक्सन्सले आफूहरुले ३ अगस्टमा सो चश्मा एउटा सेतो खाममा भेटेको बताउँदै त्यसलाई कसैले छोडेर गएको जानकारी दिएको छ । एजेन्सीका एन्ड्र्यू स्टोले सो चश्मा १४ लाखभन्दा बढी मूल्यमा बिक्री हुने आशा गरेका थिए । उनले यसलाई कम्पनीको इतिहासमा सबैभन्दा महत्वपूर्ण लिलामी हुने बताएका थिए ।त्यस चश्माका मालिक ब्रिस्टलका मैनगट्सफील्डका बृद्धले लिलामीबाट प्राप्त रकम आफ्ना छोरीहरुलाई बाँड्ने जनाएका छन् । गान्धीलाई सो चश्मा उनका काकाले दिएको बताइएको छ । जब उनी दक्षिण अफ्रिकामा काम गरिरहेका थिए ।सन् १९१० देखि १९३० सम्म गान्धी दक्षिण अफ्रिकामा रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्