झापा , भदौ ८ । झापाको बाह्रदशीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका वडा नं. ३ बस्ने २३ वर्षिय अमिन मोहम्मद रहेका छन् ।
उनलाई आज दिउँसो बाह्रदशी २ स्थित बिरिङ खोलाको किनारमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ७ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको हो । उनलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्