बिर्तामोड , भदौ २७ । युवा समाजसेवी प्रकाश बुढाथोकीले विश्व हिन्दु महासंघ झापाको भवनका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

बिर्तामोड ३ विराटपोखरी परिसरमा निर्माण भएको महासंघको भवनलाई बिर्तामोड ९ निवासी उज्यालो चिन्तन चौतारीका संचालक रहेका बुढाथोकीले सो सहयोग गरेका हुन् ।
शनिबार बुढाथोकीले महासंघका अध्यक्ष मोहन उप्रेती र सदस्य पुण्यप्रसाद प्रसाईंलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । ३८ लाखको लागतमा स्थानीयको सहयोगमा २ तले भवन निर्माण भएको हो । सामाजिक कार्यमा अग्रसर बुढाथोकीले त्यस किसिमको सहयोग निरन्तर गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्