युएई, भदौ २८ । गुल्मी सत्यवती गाउँपालिका– ४ साविक लिम्घा गाविसका युवाहरूले आफ्नो गाउँका मिर्गाैला रोगीलाई युएईबाट आर्थिक सहयोग गरेका छन् ।

सामान्य आर्थिक अवस्थाका शान्तिमान सिंजालीका ३६ वर्षिय छोरा तीर्थ सिंजाली मिर्गौला रोगबाट पीडित भएको र उनको दुबै मिर्गौला फर्नु पर्ने भएकोले सोही गाउँबाट युएई आएका मनकारी युवाहरूको समुहले २७ हजार २ सय २५ रुपैयाँ सहयोग गरेको अभियन्ता तथा लिम्घा युवा समुहका होम परियारले जानकारी दिएका छन् । उपचारमा ठूलो धनराशि लाग्ने हुँदा सिंजालीको लागि सानो सहयोग स्वरूप समुहका निरन्जन शाही र गीता ज्ञवालीको बिशेष पहलमा युएईमा कार्यरत लिम्घाबासीहरुले सहयोग रकम जुटाएर पठाएका हुन् । परदेशमा भए पनि आफ्नो गाउँघरको समस्यामा सहयोग गर्न पाउँदा गर्व भएको अभियन्ता निरन्जन शाहीले बताए ।

यो अभियानमा निरन्जन शाही, गीता ज्ञवाली, बिक्रम ज्ञवाली, गुनबहादुर परियार, तिलबिर खप्तरी, गोकर्ण रगङ्गा शाही, शेर बिक, मुना कोईराला, होम परियार, उषा थापा, निर्मला ज्ञवाली, सुमित्रा ज्ञवाली, छविलाल बिक, देबु बिक र बिष्णु शाहीले प्रत्यक्ष आर्थिक सहयोग गरेको अभियन्ता गीता ज्ञवालीले जानकारी दिएकी छन् । सहयोगी बिष्णु शाहीले आफै उपस्थित भएर पीडितको बुवालाई उक्त रकम हस्तान्तरण गरेको र अन्य सहयोगी दाताहरुबाट पनि आर्थिक सहयोग प्राप्त भएकोले नेपालको लकडाउन अलि खुकुलो भएपछि मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको पीडितका बुबाले जानकारी दिएका छन् । पीडितका बुबा शान्तिमानले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्