दमक , असोज ३ । पूर्वका प्रकृतिपूजक आदिवासी ताजपुरियाका बारेमा झापा दमकबाट प्रकाशित एक अखबारको विषयवस्तुप्रति जातीय संस्थाले आपत्ति जनाएको छ ।

ताजपुरिया जातिको सामाजिक संस्था ताजपुरिया समाज कल्याण परिषद कमल गाउँ समितिले हिजो एक अखबारमा ताजपुरिया जातिका बारेमा प्रकाशित विषयवस्तुले सिंगो जातिमाथि आघात पुर्याएको भन्दै आपत्ति जनाएको हो ।
परिषदका अध्यक्ष चन्द्रप्रसाद ताजपुरिया र सचिव तीर्थकुमार ताजपुरियालेसंयुक्त विज्ञप्ति जारी गरी अखबारमा मधुसुदन पाण्डेयद्धारा ताजपुरिया जातिका बारेमा लेखिएका त्यस सामग्रीले आफ्ना धर्म संस्कृतिमाथि नै आक्रमण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा समाचार तथा कुनै विचार प्रकाशन गर्दा जाति समुदायको भावनामाथि चोट पुर्याउने कार्य कसैले गर्न नहुने भन्दै प्रकाशित समाचारप्रति संस्थागत रुपमा खण्डन गरिएको जनाएका छन् ।
समाचारमा ताजपुरिया जातिले आफ्ना धार्मिक संस्कार तथा कर्मकाण्डमा जाँडरक्सीको प्रयोग अनिवार्य भएको,जनगणनामा छुट्टै जनसंख्या नखुलाईने जाति भएको भनेर उल्लेख छ । त्यस्तै, ताजपुरिया जातिका महिलाले नाक छेड्ने चलन नभएको उल्लेख गरेर ताजपुरिया जातिको परिचय भनेर खुलाइएको छ । परिषदले ताजपुरिया जातिको कुनै पनि कर्मकाण्डमा जाँडरक्सीको प्रयोग हँुदैनन् भने जनगणना लगायतका अन्य पहिचानमूलक विवरणमा स्पष्ट धर्ममा प्रकृतिपूजक भनेर उल्लेख गर्दै आएको भन्दै त्यस्ता भ्रमित समाचारको कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्