झापा असोज ७ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाइको विमोचन गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच मन्त्री भुसालले सो पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै मन्त्री भुसालल भने, ‘आजको पिँढीले लेखेको कुराले समयको भाषालाई भोलिको पिंढीलाई बताउँछ ।’


लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएकाले मन्त्री भुसालले लेखक सिग्दलेलाई धन्यवाद दिए । पत्रकार सिग्देलद्वारा लिखित पुस्तक एक दिन १ सय ५२ पृष्ठको रहेको छ भने विभिन्न १४ वटा लेखमार्फत जीवन, यात्रा र भोगाईहरुलाई लेखकले पुस्तकमार्फत् प्रस्तुत गरेका छन् ।

कार्यक्रममा प्रदेश –१का कृषि मन्त्री राम राना, नेकपा प्रदेश– १का इञ्चार्ज देवराज घिमिरे, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुव शिवाकोटी, नेकपा झापा कार्यालय सचिव शिव ढुंगेल, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष महेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो । लेखक सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्