हल्दीबारी , असोज १० । झापाका युवा अभियन्ता अबिशेक खतिवडा आइसिडी मार्क्सवाद अध्ययन केन्द्र हल्दीबारीको अध्यक्षमा मनोनित भएका छन् ।

मार्क्सवाद अध्ययन केन्द्र झापा जिल्ला कमिटीले खतिवडालाई हल्दीबारी अध्यक्षमा मनोनयन गरेको हो । जसको उपाध्यक्षमा भावना पुरी , सचिवमा बिजय राई ,सहसचिवमा अनुषा भण्डारी ,कोषाध्यक्षमा सबिन कार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा विवेक पुरी ,देव अधिकारी ,विवेक खतिवडा ,स्वस्तिका राउत , केदार बन र सोमराज गिरी रहेको आइसिडी हल्दीबारी गाउँपालिका इन्चार्ज बलराम गिरीले जानकारी दिएका छन् । विद्यार्थीलाई मार्क्सवादको बिषयमा बुझाउन गठन भएको समिति केन्द्र ,जिल्ला ,प्रदेश ,क्षेत्र हुँदै विभिन्न पालिकामा विस्तार भइरहेको छ ।
मार्क्सवाद धारमा रहेर विद्यार्थीलाई अध्ययनका लागि सहयोग गर्न क्रियाशील राख्ने उद्धेश्यले स्थापना भएको यो संस्थाले ७७ जिल्लामा आफ्नो शाखा बिस्तार गर्ने क्रममा झापा हल्दिबारीमा पनि समिति गठन गरेको हो । मनोनित भएका अध्यक्ष खतिवडाले आफूलाई यस जिम्मेवारी दिएकोमा अग्रज नेताहलाई धन्यवाद दिएका छन् । उनले आइसिडीलाई स्थानीयस्तरबाटै समाज परिवर्तन गर्ने अभियानलाई जिल्लाभरि प्रचारप्रसार गर्न आफू सधै तल्लिन रहने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्