एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरको दबदबा आईपीएलको गएरातिको खेलमा अझ बढेको छ ।
विराट कोहलीको अगुवाईको बैंगलोर टीमले टूर्नामेन्टको २९ औ म्याचमा कोलकाता नाइट राइडर्समाथि ८२ रनको दमदार जीत हासिल गरेको हो ।

एबी डिविलियर्सको तूफानी पारीपछि शारजाह मैदानमा बैंगलोरका बलरहरुले चमत्कार देखाए । कोलकाताको टीमलाई २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रनमा रोकिदिए । बैंगलोरका लागि क्रिस मोरिसले १७ रन दिएर दुई र वाशिंगटन सुन्दरले २० रन दिएर दुई विकेट हासिल गरे । चार ओभरमा मात्र १२ रन दिने युजवेंद्र चहल सबैभन्दा किफायती बलर बने । उनले एक विकेट पनि लिए ।. डिविलियर्स म्यान अफ द म्याच चुनिए । यो आईपीएलमा बैंगलोरको पाँचौ जीत हो भने कोलकातालाई तेस्रोपटक हारको झट्का झेल्नु परेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्