काँकडभिट्टा,कात्तिक २ । प्रदेश–१ का सभा सदस्य श्रीप्रसाद मैनालीले हरेक व्यवसायीले आ—आफ्नो व्यवसायलाई मर्यादित र अनुशासीतरुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अहिले विश्वका सवै व्यवसाय ठप्प प्रायः भएकाले विश्वकै अर्थतन्त्रमा समेत नकरात्मक असर परिरहेको उनको भनाई थियो ।


आइतबार झापाको मेचीनगर—६स्थित काँकरभिट्टामा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटा १ नम्बर प्रदेशको प्रादेशिक कार्यालय र संस्थाको वेभसाईड उद्घाटनका क्रममा सभासद मैनालीले उक्त कुरा बताएका हुन् । अहिलेको विषम परिस्थितीमा हरेक व्यवसायीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अघि सारेका स्वास्थ्य मापदण्डलाई कार्यान्वयन गदैँ व्यवसाय सञ्चालनमा उनले जोड दिए ।


नेपालको पर्यटन क्षेत्रको प्रवद्र्घन र विकासमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटा १ नम्बर प्रदेशले खेलेको भूमिका निक्कै प्रशंसनीय रहेको भन्दैं सभासद मैनालीले हरेक व्यवसायीले आफ्ना व्यवसायलाई पर्यटकमैत्री बनाउनुपर्ने बताए । सभासद मैनालीले अब हरेक ट्राभल व्यवसायीलाई एउटा जहाजको टिकट बिक्री गरेर मात्र व्यवसाय धान्ने काम मात्र नगर्न सुझाँव दिदैँ हरेक पर्यटन व्यवसायी व्यवसायीकरुपमा मात्र नभएर पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्न लाग्नुपर्नेमा जोड दिए । ट्राभल सञ्चालनका नाममा जहाजको टिकट बेचेर व्यवसायी नहुने भन्दैँ उनले संस्था कानुनीरुपमा मजवुत हुनुपर्ने व्यवासयी अनुशासीत र पर्यटनमैत्री बन्नुपर्ने आफ्ना ठाउँमा सेवा लिन आउन सेवाग्राहीको बोलचाल मीठो र उप्रति जिम्मेवार बन्ने हुने खालको हुनपर्ने उनको भनाई थियो ।


हरेक पर्यटन व्यवसायीले स्थानीय ठाउँका पर्यटकीय क्षेत्रको विकास गदैं पर्यटकलाई आर्कषित गर्नुपर्ने र त्यसमा प्रदेश सरकारकातर्फबाट गर्नुपर्ने साथ सहयोग जहिले पनि प्राप्त हुने विश्वास दिलाए । संघीय र स्थानीय सरकारकातर्फबाट समेत गर्ने सहयोग र समन्वय सबै हुने उनको तर्क थियो । पर्यटनका क्षेत्रमा लगानी नगर्ने कुनै हालतमा पर्यटन व्यवसायी बन्न नसक्ने भन्दैं उनले आफूले कमाएको केही रकम पर्यटनका क्षेत्रमा खर्च गर्न लाग्नुपर्ने बताए । नाम मात्रैका पर्यटन व्यवसायीले पर्यटकीय क्षेत्रको सुधार नहुने उनको तर्क थियो । उनले हरेक पर्यटन व्यवासायीबीच समधुर सम्बन्ध रहनुपर्ने बताउदैँ प्रदेश–१ पर्यटनका हिसाबले निक्कै सम्भावना बोकेको प्रदेश भएकाले यसलाई अवसरका रुपमा लिएर प्रदेशका हरेक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा लाग्न व्यवसायीलाई आग्रह गरे ।


नाटाका निवर्तमान अध्यक्ष भुपालराज श्रेष्ठले नाटाको विगत र वर्तमानका बारेमा अवगत गराएका थिए । १७ असोजमा सम्पन्न संस्थाको नवौं अधिवेशनबाट उदयकुमार श्रेष्ठको नेतृत्वमा नाटाको प्रदेश–१ समिति चयन भएको थियो । त्यस लगत्तै आफ्नो स्वीकारोक्ती दिने क्रममा आफुले चुनाव जितेको दुईसाता भित्रमा संस्थाको प्रादेशकि कार्यालय र वेभसाईड सञ्चालनमा ल्याउने उनले घोषणा गरे । सोहि घोषणा अनुसार ठीक दुईसातामा आपूmले बोलेको कुरा कार्यान्वयनमा ल्याएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।


उपाध्यक्ष ऋषिराज तिम्सीनाले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले हरेक यातायात व्यवसायीहरु संस्थासँग सहकार्य र समन्वय गरी अघि बढ्न तयार रहेको बताउदैं अहिले पर्यटन व्यवसायीका नाममा जताततै ट्राभल सञ्चालन भएकाले यसले समाजमा विकृतिविसंगति भित्रिने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न नाटाले भूमिका खेल्नुपर्ने बताए । ट्राभल व्यवसायीले समेत ‘दलाल’ राखेर लामो तथा छोटोदुरीसम्म जाने यात्रुलाई बसको टिकट समेत बिक्री गरी अनावश्यक झण्झट दिएको भन्दैं अध्यक्ष श्रेष्ठले यस्तो प्रथाको अन्त्य गर्न नाटालाई आग्रह गरे ।


कार्यक्रममा प्रमुख अतिथि मैनालीले होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचिव एवम् नाटाका पूर्व कोषाध्यक्ष राजु अधिकारी, होटल व्यवसायी संघ मेचीनगरका सचिव हस्तकुमार तामाङ्लगायतलाई नेपाल पर्यटन बोर्डको पर्यटन क्षेत्रको प्रोटोकल र गाइडलाईन पुस्तक समेत प्रदान गरे । कार्यक्रममा कोषाध्यक्षमा संजीत तामाङलगायत प्रदशेका अग्रज पर्यटन व्यवसायीको सहभागिता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्