दमक, कातिक ३ । झापाको दमक नगरपालिका फेरि तीन दिनका लागि बन्द भएको छ ।

नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना भाइरस संक्रमण भएपछि नगरपालिका आजदेखि कार्तिक ६ गतेसम्मका लागि बन्द भएको हो ।
नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेले आज एक सूचना निकालेर नगर प्रमुख सहित दुई जना वडा अध्यक्षमा संक्रमण देखिएपछि नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने सवै सेवाहरु बन्द हुने भएको जनाएका छन् ।

पछिल्लो समय जनप्रतिनिधिसहित कर्मचारीहरुमा संक्रमण थपिदै गएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकाका कार्यालय तथा १० वटै वडा कार्यालयहरु बन्द रहने उल्लेख छ ।
यसअघि पनि नगरपालिका गत असोज २० देखि २३ गतेसम्म पनि बन्द भएको थियो ।
नगरपालिकाले स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी अपनाएर मात्र दैनिक जीवनयापन र व्यवसाय गर्न अनुरोध गरेको छ । यस्तै निषेधाज्ञा पालना गर्न नगरवासीहरुसंग भनेको छ । अब नगरपालिका दशैपछि मात्रै खुल्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्