झापा , कात्तिक ६ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा आज गरिएको पिसिआर परीक्षणमा २३ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

बिर्तामोड नगरपालिकाका १० , मेचीनगर ७ , भद्रपुर ३ , कनकाई , अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका १–१ जनाको रिपोर्ट पोजिटिभ आएको मेची प्रयोगशालाका फोकल पर्सन जितेन्द्र झाले बताए । उनले २०८ जनाको पिसिआर परीक्षण गर्दा २३ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । त्यसतै अर्जुनधारा नगरपालिकाका एक जना अधिकृतसहित आठ जनालाई आज संक्रमण पुष्टि भएको छ । यसअघि २ जना स्वास्थ्यकर्मीसहित ४ जनाको रिपोर्ट आएको थियो ।पछिल्लो रिपोर्टअनुसार आज बिहान आएको ४ जनाको रिपोर्टसहित नगरभित्र ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित एक जना अर्जुनधारा नगरपालिकाका शाखा अधिकृत पनि छन् । नगर स्वास्थ्य शाखाका अनुसार आज संक्रमित हुनेमा २ महिला र ६ पुरुष छन् । उनीहरुको सबैको तीन दिनअघि स्वाब संकलन गरिएको थियो । जसमा एक जना ३ वर्षकी बालिका पनि संक्रमित भएकी छन् ।थप संक्रमित भएकामध्ये अर्जुनधारा ५ का ५३ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष छन् । त्यस्तै, अर्जुनधारा ९ का ५० वर्षीय पुरुष, अर्जुनधारा ११ का २८ वर्षीय पुरुष, ३७ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ ।त्यस्तै, अर्जुनधारा ३ की तीन वर्षीया बालिका र अर्जुनधारा ७ का ५३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितमध्ये नगरपालिकाका एक जना शाखा अधिकृतसँगै दुई जना स्वास्थ्यकर्मी, एक जना एम्बुलेन्स चालक छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्