झापा , कात्तिक ६ । तीन स्वास्थ्यकर्मीसहित झापाका १० पालिकामा आज ६० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा ८ महिला र ५२ पुरुष रहेका छन् ।

आज सबैभन्दा बढी बिर्तामोडमा २२ जना संक्रमित थपिएका हुन् । त्यसपछि अर्जुनधारामा १० , मेचीनगरमा ९ , भद्रपुरमा ५ , कनकाई र गौरादहमा २–२, गौरीगञ्ज, बाह्रदशी र कमलमा १–१ जना रहेका छन् । बिर्तामोडमा आज थपिनेमा १९ पुरुष र ३ महिला रहेका छन् । त्यसमध्ये एकजना मेची अस्पतालको आइसोलेसनमा र अर्का नोवेल हस्पिटलको आइसोलेसनमा रहेका छन् । बिर्तामोडमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदै गएको छ । कात्तिक १ देखि ६ गतेसम्म ९९ जनामा संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले बताए ।
त्यस्तै अर्जुनधारा नगरपालिकाका एक जना अधिकृतसहित १० जनालाई आज संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना स्वास्थ्यकर्मी र अर्जुनधारा नगरपालिकाका शाखा अधिकृत पनि छन् । त्यस्तै भद्रपुरमा ओम साई हस्पिटलका एकजना ल्याब स्वास्थ्यकर्मीसहित ५ जनालाई संक्रमण देखिएको नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए । अहिले आफैले खर्च गरेर पिसिआर परीक्षण गराउनेको संख्या बढ्दै गएको छ । ६० जना संक्रमितमध्ये मेची प्रादेशिक अस्पताल भद्रपुरका २३ जना हुन् । त्यहाँको परीक्षणबाट २३ जनाको रिपोर्ट पोजिटिभ आएको मेची प्रयोगशालाका फोकल पर्सन जितेन्द्र झाले बताए । उनले २०८ जनाको पिसिआर परीक्षण गर्दा २३ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्