धुलावारी, कात्तिक ६ । पूर्वाञ्चलस्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा दमक भेट्रान्स र झापा भेट्रान्स भिड्ने भएका छन् ।

आज भएको सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ को भेट्रान्सलाई २ –० गोल अन्तरले हराउँदै दमकले फाइनलसम्मको यात्रा तय गरेको हो । धुलावारी भेट्रान्सको आयोजनामा धुलावारीको लिलाबस्तीमा भइरहेको फुटबल खेलको फाइनल अष्टमीका दिन हुने आयोजकले बताएको छ ।