दमक, कात्तिक १८ । कोरोना जोखिम बढेको भन्दै दमक नगरपालिकाले अपरान्ह ४ बजेदेखि बिहान ७ बजेसम्म दमकमा निषेधाज्ञा जारी गरेको छ । बुधबार (भोली)देखि लागू हुनेगरी दमकमा निषेधाज्ञा जारी गरिएको दमक नगरपालिकाकी उपप्रमुख गिता अधिकारीले जानकारी दिइन् ।
नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा आज बसेको कोरोना रोकथाम तथा समन्वय समितिको बैठकले बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको समयमा पूर्णरुपमा बजार बन्द हुने निर्णय गरेको छ ।


पूर्णरुपमा लकडाउन गर्नुपर्ने आवाज उठेपनि मुख्य राजमार्गसँग जोडिएको नगरपालिका भएको तथा अन्य विविध कुराहरुले गर्दा आंशिक समय मात्र निषेधाज्ञा जारी गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् । बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न सो अवधि भित्र पूर्णरुपमा बजार साथै हिंडडुलमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । त्यस्तै, दमककै बेलडागीमा निर्माणाधिन अक्सिजनसहितको ३० बेडको कोभिड अस्पताल आगामी आइतबारदेखि सञ्चालनमा निर्णय बैठकले गरेको छ ।


बैठकले वडा वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरेर कोरोना संक्रमितहरुको अवस्थाबारे बुझने र आवश्यक स्वास्थ्य उपचारको बन्दोबस्ती गर्ने निर्णय समेत गरेको छ । मंगलबार बिहान नै दमक नगरपालिकाले सर्वदलिय बैठक राखेको छ । सर्वदलिय बैठकबाट निषेधाज्ञा गर्ने विषयमा सहमति नजुटेसँगै कोरोना रोकथाम तथा समन्वय समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्