दमक , कात्तिक १८ । आज दिउँसो झापामा अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं ४ का ५० वर्षिय इन्द्र आङदम्बे रहेका छन् ।

कात्तिक १५ गते नोवेल विराटनगरमा संक्रमण पुष्टि भएका उनको घरैमा मृत्यु भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । योसँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ भने जिल्लामा ५३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्