बिर्तामोड, कात्तिक १९ ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भन्सार छलि ल्याइदैँ गरेको अबैध सामग्री बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैधरुपमा ल्याइदैँ गरेको टप्स कपडा, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस बरामद गरेको हो ।


७ लाख २१ हजार रुपैयाँ बराबरको उक्त अबैध समान ल्यादैँ गरेको अवस्थामा प्रहरीलाई देखि समानहरु छाडि भागेको र सामान प्रहरीको टोलीले बरामद गरी आज आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्