बिर्तामोड मंसिर ६ । बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज (शनिबार) पोजेटिभ आएको हो ।

Advertisement

प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै परिवारको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई कोरोना पुष्टि भएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ । बिर्तामोड नगरपालिकामा शनिबार प्रमुख शिवाकोटी सहित ८ महिला र ५ पुरुष गरी १३ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्