बिर्तामोड , माघ १० । वीरता लेडी जेसीजले १७ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस अवसरमा बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाना खुवाउनुका साथै नगद सहयोग गरिएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन् ।

बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष संगीता पौडेल, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, नारी संचार गृह झापा अध्यक्ष भीमा शिवाकोटी, संस्थापक अध्यक्ष शारदा रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जेसीज मिशन भिजन,नेपाल जेसीज र शाखाको प्रकरण युनिता दवाडीले गरेको कार्यक्रममा आस्था वाचन मुना चुडालले गरेकी थिइन् भने स्वागत कोषाध्यक्ष झुमा चुडालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव हिमा पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्