बिर्तामोड, माघ ११ । चुडाल बन्धु कल्याण समितिको १३ आंै बार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा गोपाल चुडाल चयन भएका छन् ।

कनकाई नगरपालिका वडा नं.–३ स्थित समितिको आफ्नै कूल मन्दिर परिसरमा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा श्रीप्रसाद चुडाल, उपाध्यक्षमा प्रेमप्रसाद चुडाल (प्रकाश), महासचिवमा भरतमणि चुडाल, सचिवमा देवरानायण चुडाल र कोषाध्यक्षमा रुद्रप्रसाद चुडाल सर्वसम्मत चयन भएको अध्यक्ष विष्णुप्रसाद चुडालले जानकारी दिए।
त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद चुडाल, झुमा चुडाल, अनन्त चुडाल, नरेश चुडाल, युवराज चुडाल र दिपक चुडाल चयन भएको निर्वाचन समिति संयोजक चन्द्रप्रसाद चुडालले जानकारी दिए ।
चन्द्र चुडालको संयोजकत्वमा शान्ता चुडाल र गंगा चुडाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । बाँकी सदस्यहरु नवनिर्वाचित समितिको पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद चुडालको अध्यक्षता तथा नेपाल सरकारका पूर्व सहसचिव कुलप्रसाद चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कुलप्रसाद, विशिष्ठ अतिथिहरु नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, चुडाल बन्धुका भान्जा भक्ति सिटौला, कनकाई नगरपालिका वडा नं.–३ का वडाध्यक्ष प्रेमबहादुर कट्वाल, लक्ष्मी भेट्वाल, टिका लामिछानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बरिष्ठ उपाध्यक्ष गोमा चुडालले स्वागत गरेको कार्यक्रममा संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमको सञ्चालन महासचिव प्रेमप्रसाद चुडाल (प्रकाश)ले गरेका थिए ।
सोही अवसर पारेर विभिन्न क्षेत्रका उत्कृष्ठ व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा भद्रप्रसाद चुडालले दिवंगत श्रीमती हिमादेवी चुडालको नाममा स्थापना गरेको हिमादेवी अक्षयकोषबाट नेपाल सरकारका पूर्व सहसचिव कुलप्रसाद चुडाल, जनआन्दोलन साप्ताहिकका कार्यकारी सम्पादक रेजिना गौतम, श्रीप्रसाद–जशोदा चुडाल पुरस्कारबाट अर्जुनधारा–३ निवासी उमा घिमिरे चुडाल, एसइइ उत्कृष्ठ छोरी आयुषा चुडाललाई सम्मानपत्र र नगदसहित सम्मान तथा पुरस्कृत गरिएको हो ।
त्यस्तै चुडाल बन्धुको कुलको मन्दिर निर्माणकर्ताहरु भद्रप्रसाद चुडाल, जयप्रसाद चुडाल, गोपाल चुडाल, दुर्गादेवी चुडाल, रमादेवी चुडाल, सरस्वता चुडाल प्रसाई, लिलादेवी चुडाल प्रसाई, सितादेवी चुडाल प्रसाई, डम्बरकुमारी चुडाल पाठकलाई संयुक्त सम्मान गरिएको थियो । सम्मानित चुडाल बन्धुहरुले १७ लाख १८ हजार ७११ रुपैयाँको लागतमा कुलको मन्दिर निर्माण गरेको बताइएको छ ।
त्यस्तै सचिवालय निर्माणदाता भीष्म चुडाल, स्तम्भ तथा वाटिका निर्माणका दाता दिपक चुडाल र सामाजिक अभियन्ताका रुपमा जनकल्याण समाजका कर्मचारी रन्जिता नेपालीलाई सम्मान गरिएको थियो ।