झापा , माघ १६ । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत किसनगंज धनतोला पंचायत वडा नं. १ महमारी खरुवानटोल थाना दिगलबैंक बस्ने २२ वर्षिय अहमद हुसेन र सोही ठाउँका २६ वर्षिय महमद जमसेह रहेका छन् । हिजो बिहान झापा गाँउपालिका वडा नं. ४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्