बिर्तामोड , माघ १६ । लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडले अर्जुनधारा नगरपालिकास्थित अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका वालवालिकालाई सहयोग गरेको छ ।

क्लवकी सदस्य गीता घिमिरे र जीवन घिमिरेको अगुवाइमा केन्द्रमा रहेका वालवालिकालाई खाद्यान्नसहित सिरक प्रदान गरिएको हो । जाडोबाट बच्नका लागि वालवालिकालाई १० थान सिरक दिइएको छ । केन्द्रका सञ्चालक कृष्ण दुलालले ती राहत सामग्री ग्रहण गरेका थिए ।
लायन्स क्लव आफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष लीलादेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मञ्जु उप्रेती, सचिव मीरा खड्का, सहसचिव संगीता गिरीसहित कल्पना भण्डारी, यशोदा उप्रेतीलगायतले संयुक्तरुपमा सिरक र खाद्यान्न प्रदान गरेका थिए ।
उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी,व्यवसायी घनश्याम चौधरी, राजकुमार साह, पुकार बराललगायतको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्