सन्जु बास्की,
बिर्तामोड , माघ १६ । बिर्तामोड नगरपालिकाको ३ नं. वडा कार्यालयको आर्थिक लगानी र निसानी कम्प्युटर एण्ड सर्भिसको प्राविधिक सहयोगमा ३ महिने कम्प्युटर अपरेटर तालिम शुक्रवार शुरु भएको छ ।

बिर्तामोड ३ स्थित निसानी कम्प्युटर एण्ड सर्भिसको कार्यकक्षमा बिर्तामोड ३ का वडा अध्यक्ष भोजराज सिटौलाले तालिमको उद्घाटन गरे ।
उद्घाटन गर्दै वडा अध्यक्ष सिटौलाले प्रविधिको विकास सँगसँगै नेतादेखि कार्यकर्ता अनि सर्वसाधारण सबैले कम्प्युटर सिक्न आवश्यक रहेको बताए । अपेक्षा गरेजसरी नै सिकी सकेपछि व्यवहारमा लागु गर्न उनले शुभकामनासमेत दिएका छन् ।

विवेक आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिर्तामोड नगरपालिका ३ नं. वडा कार्यालयका सचिव भिम अधिकारीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोड ३ का सभापति प्रेम उप्रेती, नेपाल कम्युनिष्ट पार्टीका कैलाश प्रसाईलगायतले बोलेका थिए । ३ महिनासम्म चल्ने सो कम्प्युटर तालिममा १५ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्