चारआली, माघ १६ । भन्सार छलेर लुकाई छिपाई अवैधरुपमा भित्र्याइएका खाद्य पदार्थलगायत अन्य सामग्री प्रहरीले बिहीवार बरामद गरेको छ ।

फाइल तस्वीर

प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा दिउँसो र साँझमा गरी ती सामग्री बरामद गरेको जनाएको छ ।
बरामद भएका सामग्रीहरुमा हरियो रेडबुल ९ काटुन, जिरा ५० केजी, ललिपप ५९ पोका, बिस्कुट १८ दर्जन, काजू ४ केजी, किस्मिस ४ केजी छन् ।
त्यस्तै, अन्य सामग्रीहरुमा ललिपप १ सय पिस, किटक्याट २ पोका, भूजिया ५ प्याकेट, आल्मुनियम बदाम १ केजी र रङ २० लिटर रहेका छन् ।
चौकीका इञ्चार्ज एवँ प्रहरी सहायक निरीक्षक भीमबहादुर श्रेष्ठका अनुसार ८५ हजार रुपैयाँ मूल्य बराबरका अवैध सामग्री चारआली चोकबाट बरामद भएका हुन् ।
प्रहरी तथा भन्सारका कर्मचारीको आँखा छलेर व्यापारीहरुले सीमावर्ती भारतीय बजारबाट ती सामग्री ल्याएका थिए ।
काँकरभिट्टा नाका हुँदै चारआलीसम्म ल्याएर पश्चिमतर्फ लैजान खोजिएका अवैध सामग्री बरामदपछि शुक्रवार मेची भन्सार कार्यालय बुझाएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्