बिर्तामोड , फागुन ४ । विवेकशील साझा पार्टीको १ नं प्रदेश कमिटी गठन भएको छ ।

झापाको बिर्तामोडमा मंगलबार भएको भेलाले कार्यवाहक प्रदेश संयोजक महेन्द्रकुमार थापालाई नै प्रदेश संयोजकमा निरन्तरता दिने निर्णय गर्दै २५ सदस्यीय कमिटी निर्माण गरेको हो । कार्यक्रममा केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य अनिल भेट्वाल,केन्द्रीय सदस्य भीमप्रसाद अधिकारी ,केन्द्रीय सदस्य रेवतीरवण सुवेदीले कार्यक्रमको उद्धेश्यदेखि पार्टी संगठन निर्माण र भावी रणनीतिलगायत वैकल्पिक राजनीतिको आवश्यकता र औचित्यका बारेमा कार्यकर्तालाई जानकारी दिएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य अमलेश कर्ण, डा. तारा काफ्ले ,रमेश विष्टको समेत उपस्थिति रहेको थियो । झापा जिल्ला संयोजक मेदनी प्रसाईले सहभागीलाई स्वागत गरेको कार्यक्रमको संचालन झापा जिल्ला युवा संगठन संयोजक राजेन्द्र खनाल र प्रदेश सदस्य सुरोज दंगालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्