बिर्तामोड ,फागुन १० । आदिबासी जनजाति महिलाहरुका लागि पाँचदिवसीय क्षमता अभिवृद्धि तालिम सोमबारदेखि बिर्तामोडमा शुरु भएको छ ।

उद्घोषण र माइन्यूट लेखनसम्बन्धी ज्ञान दिनका लागि बिर्तामोड ५ का आदिवासी जनजाति महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम आयोजना गरिएको हो । आदिवासी जनजाति महिला समितिद्वारा आयोजित तालिममा बिर्तामोड नगरपालिका ५ नं वडा कार्यालयको सहयोग रहेको छ । तालिमको उद्घाटन गर्दै नगर प्रमुख धु्रवकुमार शिवाकोटीले आदिवासी जनजाति महिलाहरु हरेक क्षेत्रमा पछि परेको बताए । उनले त्यस समुदायका महिलाहरुको सशक्तिकरणमा जोड दिए । आदिवासी जनजाति महिला समितिकी अध्यक्ष पूर्णकुमारी लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , वडा सदस्य हर्कमाया विक , नेपाल आदिवासी जनजाति महासंघका नगर उपाध्यक्ष छत्रबहादुर श्रेष्ठ , तालिमका प्रशिक्षक इन्द्रसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य भावना आचार्य घिमिरे, वडा सदस्य डिआर कडरिया ,आदिवासी जनजाति महासंघका वडा सचिव दिपेन्द्र चौधरी , प्रशिक्षक तिलक योन्जनलगायतको उपस्थिति रहेको थियो । समितिकी उपाध्यक्ष रुपा राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव हेमा भण्डारी योन्जनले गरेकी थिइन् । फागुन १४ गतेसम्म संचालन हुने तालिमको सहजीकरण प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र सूर्योदय टेलिभिजनका समाचार संयोजक तिलक योन्जनले गरिरहेका छन् । तालिममा बिर्तामोड ५ का ५५ जना आदिवासी जनजाति महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्