कुमरखोद , फागुन १६ । दिपज्योती युवा क्लव झापा गाउँपालिका वडा नं. ७ मदरगाछीको आयोजनामा संचालन भइरहेको अध्यक्ष कप फुटवल प्रतियोगिताको सेमिफाईनल खेलमा ब्रदर्स युनाईटेड चन्द्रगढी विजयी भएको छ ।

आइतबार भएको सेमिफाईनल खेलमा रेड स्टार बिर्तामोडलाई टाइबे्रकरमा हराउँदै ब्रदर्स युनाईटेड फाइनलमा पुगेको हो । निर्धारित समयभित्र दुवै तर्पmवाट कुनै गोल हुन नसकेपछि अन्त्यमा खेलाइएको टाईब्रेकरमा रेड स्टार बिर्तामोडलाई ४–२ गोलको अन्तरले हराउँदै ब्रदर्स युनाईटेड विजयी भएको हो । आइतबारको खेलको म्यान अफ दि म्याच ब्रदर्स युनाईटेड चन्द्रगढीका अमस टुडु घोषित भए । उनले नगदसहित मेडल र प्रमाणपत्र पाए । फागुन १८ गते हुने फाईनल खेलमा व्रदर्स युनाईटेड चन्द्रगढी र एफसी जलथलबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
फुटवल खेलको विजेता टिमलाई १ लाख १ हजार १११ र उपविजेता टिमलाई ५१ हजार १११ नगदसँगै ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिए । फुटवल खेलमा वेस्ट डिफेन्स , वेस्ट किपर , वेस्ट प्लेयर , उदीयमान खेलाडी र हाईस्कोरले समेत नगदसहित मेडल पाउने भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्