सपना आचार्य,
माई, चैत १० । इलामको माई नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनोट प्रतियोगिता–२०७७ शुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ माई नगरपालिका–७ कप्परसुक्कामा प्रतियोगिता शुरु भएको हो ।

छनोट प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै माईका मेयर दिपककुमार थेबेले खेलाडीको चौतर्फी विकासका लागि खेलकुद आबश्यक भएको र खेलकुदको विकासका लागि नगरले आबश्यक सहयोग गर्ने बताए । उनले स्वास्थ्य र नैतिकवान जीवनको आधार खेलकुद बन्ने भन्दै देशका कर्णधार बालबालिकालाई सबै विद्यामा सफल रहन शुभकामना दिए । कार्यक्रममा समाजसेवी देवीभक्त कुमाल, शिक्षक धर्म अधिकारी, भीमबहादुर राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगरभित्रका १३ माध्यमिक विद्यालयका विद्यार्थी सहभागी रहेको प्रतियोगितामा छात्र, छात्रातर्फ भलिवल, कवड्डी, सबै विद्यामा एथलेटिक्स र जिल्लास्तरमा मार्सलआर्टको छनोट हुने माई शिक्षा शाखा प्रमुख राजकुमार ओडारीले जानकारी दिए । छनोट भएका विद्यार्थीहरुलाई जिल्लास्तरीय प्रतियोगितामा यही चैत्र–१३, १४ र १५ गते सहभागी गराईने श्रोत ब्यक्ति किरण सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्