दमक, चैत २१ । दमकमा अन्तर वस्तुगत संघ ब्याडमिन्टन प्रतियोगिताको उपाधि अटो मोवाइल्स व्यवसायी संघले जितेको छ ।
दमक ६ स्थित ब्याडमिन्टन हलमा सम्पन्न फाइनल खेलमा अटो मोवाइल्स व्यवसायी संघले उपाधि जितेको हो ।
त्यस्तै, जुत्ताचप्पल व्यवसायी संघ दोश्रो र होटल तथा मदिरा व्यवसायी संघ तेस्रो भएका छन् । प्रतियोगिताका विजयी टिमलाई नगद , ट्रफी र मेडल प्रदान गरिएको छ ।
दमक उद्योग वाणिज्य संघको स्वास्थ्य तथा खेलकुद उपसमितिले व्यवसायीहरुको स्वास्थ्य र आपसी सद्भावलाई बढाउन प्रतियोगिताको आयोजना गरेको स्वास्थ्य तथा खेलकुद उपसमितिका संयोजक राजेश अधिकारीले बताए ।
प्रतियोगिताको उद्घाटन दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सांकेतिक रुपमा ब्याडमिन्टन खेलेर गरेका थिए । उदघाटन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँसहित संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा विभिन्न वस्तुगत संघका १६ वटा टिमले भाग लिएको संयोजक अधिकारीले जानकारी दिए ।